राहदानी लिन अब लाम बस्नुपर्दैन

पोखरा, २३ पौष/घन्टै देखि दिनहु सम्म राहादानी लिनका लागी बस्नु पर्ने लाईन अब भने लाममा बस्नुपर्ने छैन्। राहदानी विभागले गर्न लागेको नयाँ व्यवस्थाअनुसार अनलाइनबाटै समय लिएर फारम बुझाउने अनि राहदानी लिने मिति र सयम लिनुपर्नेछ। विभागले राहदानीका लागि आवेदन फारम बुझाउन ‘अनलाइन’ बाट समय लिनुपर्ने व्यवस्था एक महिनाभित्रै गर्न लागेको खबर आजको अन्नपूर्णमा छापिएको छ।

राहदानी विभागका महानिर्देशक रमेश खनालका अनुसार अनलाइनबाट फारम भरेर बुझाउन मिति र समय लिनुपर्नेछ । ‘यस्तो व्यवस्था भएपछि नागरिकले राहदानी फारम बुझाउन र लिन लाममा बस्नुपर्ने छैन्,’ उनले भने, ‘यो योजना माघ भित्रैमा लागू हुनेछ।’ अनलाइनबाट समय लिएपछि मात्र विभागमा गएर फारम बुझाउन सकिनेछ। फारम बुझाएपछि विभागले तोकेको दिन र समयमा राहदानी प्रदान गर्नेछ्। नयाँ व्यवस्था लागू भएपछि विभागमा अहिले राहदानीका लागि फारम बुझाउन र लिन लाग्ने गरेको भीड अन्त्य हुनेछ।

राहदानीका लागि विभागमा फारम बुझाउन दिनहुँ नौ हजारभन्दा बढी लाममा बस्ने गरेको छ। तर, दैनिक ४ हजारले मात्र फारम बुझ्ने गरिएको छ। यो अघिल्लो साताको अभिलेख हो। खनालले भने, ‘भीड कम गर्न र सेवाग्राहीलाई सुविधा होस् भनेर अनलाइनबाट समय लिएर फारम बुझाउने व्यवस्था गर्न लागिएको हो। यसका लागि प्रक्रिया अघि बढिसकेको छ। कार्यान्वयनमा जान मन्त्रालयको निर्देशन कुरिरहेका छौं।’

अहिले फारम भरेपछि बुझाउन टोकन लिएर विभागको क्षेत्रभित्र पस्नुपर्ने हुनाले सेवाग्राही बिहान तीनबजेदेखि नै लाममा बस्ने गरेका छन्। कतिपय त विभागबाहिर रातभर बस्ने पनि गरेका छन्। अनलाइनबाट फाराम बुझ्ने र बुझाउने समय तोकिएपछि अहिलेको झन्झटबाट मुक्ति मिल्नेछ। विभागले सुविधाका लागि टोकन दिने गरे पनि त्यो लिन पनि भीड लाग्ने गरेको छ।

कमेन्टहरु
Loading...