पोखरामा नवौं एन–प्याब्सन स्पोर्टस् मिट जारी, छवटा इभेन्टको फाइनल सम्पन्न

पोखरा,२१ मङ्सिर/नेशनल प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित नवौं एन–प्याब्सन स्पोर्टस् मिटअन्तर्गत दोस्रो दिन सटपुट सिनियर छात्र, लङजम्प सिनियर छात्रा, लङजम्प जुनियर छात्र, हाइजम्प जुनियर छात्रा, लङजम्प जुनियर छात्रा र ज्याभ्लिन थ्रो सिनियर छात्रतर्फको फाइनल खेल सम्पन्न भएका छन् ।

सटपुट सिनियर छात्रतर्फको फाइनलमा सिद्धिविनायक बोर्डिङ स्कुलका दीपक सुनार प्रथम, चिल्ड्रेन्स एकेडेमीका अब्दुल सिंह द्वितीय र डायमण्ड मोडल स्कुलका शंकर रोक्का तृतीय भए । लङजम्प सिनियर छात्रातर्फको फाइनलमा कास्की मोडजाइज एकेडेमीका प्रतीक्षा गुरुङ प्रथम, मर्निङग्लोरी स्कुलका अनु आचार्य द्वितीय र सनराइज प्रिपारोटरी स्कुलका नमुना तिमिल्सिना तृतीय भइन् ।

त्यसै गरि लङजम्प जुनियर छात्रतर्फको फाइनलमा युनिभर्स बोर्डिङ स्कुलका सुजित गुरुङ प्रथम, मर्निङग्लोरी स्कुलका सुवास थापा द्वितीय र हेमजा बोर्डिङ स्कुलका सुवास रानामगर तृतीय भए । हाइजम्प जुनियर छात्रातर्फको फाइनलमा हेमजा बोर्डिङ स्कुलका सविना कुँवर प्रथम, फेवा बोर्डिङ स्कुलका विनिशा परियार द्वितीय र एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका ममता पौडेल तृतीय भए ।

लङजम्प जुनियर छात्रातर्फको फाइनलमा हेमजा बोर्डिङका नमुना पराजुली प्रथम, एलपी देवकोटा मेमोरियलका लक्ष्मी पराजुली द्वितीय मर्निङग्लोरीका सम्झना अधिकारी तृतीय भए । ज्याभ्लिन थ्रो सिनियर छात्रतर्फको फाइनलमा डायमण्ड मोडल स्कुलका शंकर रोक्का प्रथम, सिद्धिविनायक बोर्डिङ स्कुलका दीपक सुनार द्वितीय र कास्की मोडनाइजका तारा गुरुङ तृतीय भएको प्रचार–प्रसार संयोजक रामचन्द्र भण्डारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...