राष्ट्रिय सभागृहमा प्रचण्डलाई जुत्ता प्रहार

पोखरा, १८ फागुन / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय सभागृहमा भएको एक कार्यक्रममा जुत्ता प्रहार गरेका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर सिटमा फर्किने क्रममा जुम्ला सिञ्जाको रतन तिरुवाले दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए ।

तर उनको जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन । तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । उनका बाबु मोहन तिरुवा सशस्त्र द्वन्द्वमा ज्यान गुमाएको खुलेको छ ।

कमेन्टहरु
Loading...