चार वर्षमा दुई सन्तानको निधनले प्रचण्ड परिवार शोकाकुल

काठमाडौ, ३ मंसिर /माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुत्रशोक परेको छ । उनका छोरा प्रकाशको आइतबार आज विहान ‘आकस्मिक हृदयघात’का कारण निधन भएसँगै प्रचण्ड परिवार शोकमा डुबेको हो । शुभचिन्तक स्तब्ध छन् ।

३७ वर्षीय दाहाललाई आज बिहान ५.ं५० मा उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । लगत्तै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रकाश २०३८ साल असार १७ गते चितवनको भरतपुर महानगरपालिका वडा नं १४ भीमसेननगरमा जन्मिएका थिए । उनी अध्यक्ष प्रचण्डका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य थिए । द्वन्द्वकालमा भूमिगत रहेर बुवासँगै उनले राजनीति गरेका थिए । यसअघि प्रचण्डको जेठी छोरी ज्ञानु दाहाल केसीको २०७० सालमा निधन भएको थियो ।

कमेन्टहरु
Loading...