पर्वतका अधिकांस क्षेत्रको माटोमा अम्लियपन बढ्यो

लक्ष्मीप्रसाद सापकोटा
पर्वत ३ पुस । पर्वत जिल्लाका अधिकांस गाविसको कृषियोग्य जमिनमा अम्लियपन बढ्दै गएको पाइएको छ । वर्षेनि उत्पादनदर घट्दै जान थालेपछि हालैमात्र गरिएको माटो परिक्षणका क्रममा अम्लियपन बढेको पाइएको हो । खेतवारीमा वालीनालीको उव्जाउदर घट्दै गएपछि माटोको परिक्षण गरिएको थियो ।

पर्वतको लुंखुदेउराली गाविसमा रहेको कृषि सेवा केन्द्रमा शिविर संचालन गरी विभिन्न गाविसको माटो परिक्षण गर्दा अम्लियपना बढेको भेटिएको हो । उक्त क्षेत्रका दुई दर्जन भन्दा बढि गाविसको माटो परिक्षण गर्दा माटोमा अम्लियपनाको मात्रा अत्याधिक देखिएको छ । खेतवारीमा बढि मात्रामा रासायनिक मलको प्रयोग भएकाले अम्लियपन बढेको र उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए ।

जति बढि रासायनिक मल प्रयोग ग¥यो उतिनै बढि माटोमा अम्लियपना बढ्दै जाने भएकाले प्रांगारिक मलको प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ । शविरमा लुखुंदेउराली, कुर्घा, भोर्ले, सरौखोला, त्रिवेणी, हुवास, पाखापानी लगायतका ५० भन्दा बढि कृषकहरुले आ–आफ्नो खेतवारीमा माटो परिक्षण गराएका थिए । परिक्षणका क्रममा देखिएको रिपोर्ट अनुसार माटोमा कृषिचुन प्रयोग गर्नुपर्ने भएको छ । रासायनिक मलको बढ्दो प्रयोगले औषतमा बार्षिक ५ देखि १० प्रतिशत सम्म उत्पादकत्व घट्दै गएको कृषी कार्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...