पर्यटकीय क्षेत्र लेकसाइडमा आचारसंहिता लागु गर्ने

पोखरा, ५ बैशाख/ पर्यटकीय नगरी पोखरामा दिगो पर्यटन विकास गर्नको लागि पर्यटन क्षेत्रमा आचारसंहिता लागु गरीने भएको छ । विदेशी तथा स्वदेशीहरुको गन्तव्य स्थलको रुपमा रहेको पोखराको लेकसाइडमा आचारसंहिता लागु गर्न लागिएको पर्यटन व्यावसायीहरु बताउछन । पोखराको पर्यटनको दिगो विकासको लागि जिम्मेवारी पुर्ण ढंगले अघि बढाउन आचारसंहिता ल्याएको पोखरा पर्यटन परिषदका पुर्वअध्यक्ष एवम उक्त आचार संहिता प्रोजेक्ट संयोजक टिकाराम सापकोटाले बताए ।

पोखरा पर्यटन परिषद र स्विट्जरल्याण्डको अनुसन्धान संस्था एनसिसीआर नर्थ साउथको समन्वयमा आचारसंहिता तयार भएको संयोजक सापकोटाले बताए । जिल्ला पर्यटन विकास समितिबाट अनुमति लिएरै प्रक्रिया अघि बढाएको संयोजक सापकोटाले बताए ।

पर्यटनसंग आवद्ध दुई दर्जन भन्दा बढी संघ संस्थाहरुसंग एक बर्षको लामो छलफल तथा अनुसन्धानबाट पोखराको पर्यटन आचारसंहिता निर्देशीका तथा पर्यटन व्यवसायी सामाजिक उत्तरदाहित्व निर्देशीका तयार भएको परिषदले जनाएको छ । वैशाख दोश्रो हप्ताबाट आचारसंहिता निर्देशीका पोखरामा घोषणा सभाबाट लागु गरीने भएको संयोजक सापकोटाले बताए । सबै संस्थाले लागु गर्ने भनेर प्रतिवद्धतापत्र समेत तयार पारेको परिषदले जनाएको छ । आचारसंहितामा २२ वटा संस्थाले सुझाव दिएका छन ।

कमेन्टहरु
Loading...