पंक्षी बेचबिखनमा संलग्न २ जना पक्राउ

पोखरा, २६ माघ/प्रहरीले तनहुँको आबुखैरेनी गाउँपालीका ३ खैरेनी बजारबाट पंक्षी बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरेका छ ।

प्रहरीले खैरेनी बस्ने ६० बर्षिय सुनमाया विश्वकर्माको घरमा केन्द्रिय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटीएको संयुक्त प्रहरी टोलीले हुँचिल सहित पक्राउ गरेको हो ।

पंक्षी र बेचबिखनमा संलग्न जिल्ला तनहुँ बन्दिपुर गाउपालीका ६ बस्ने वर्ष ६७ को लोक बहादुर सुनार र सुनमाया विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रदेश ४ प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...