पाल्पाली समाजद्वारा तीजको शुभकामना

पोखरा, १५ भाद्र/तीजको अवसरमा पाल्पाली समाज पोखराले शनिबार शुभकामना आदानप्रदान तथा चेटीबेटी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । एक दशकअघि समाजले तीजको अवसरमा सामूहिकरुपमा दिदीबहिनीहरुलाई भेला गराएर आपसमा शुभकामना एवं चेटीबेटी भेटघाट कार्यक्रमको सुरुवात गरेको थियो ।
कार्यक्रमलाई निरन्तरता दिदै समाजले यसपटक पनि माइत वा घर जान नपाएका चेलीहरुलाई भेला गराएर उक्त कार्यक्रम गरेको समाजका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए । उद्योगी तुलसा पाण्डेले नेपाली संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीजको अवसरमा हुने आपसी भेटघाट र नाचगानले दुःखसुख साटासाट गर्नुका साथै माइतीको झल्को मेटाउने बताए ।
कार्यँक्रममा समाजका सल्लाहकार चिरञ्जीवी श्रेष्ठ, ई. चन्द्रप्रसाद काफ्ले, जगदीश गौतम, डा. हुमप्रसाद न्यौपाने, शंकर लिगल, सदस्य प्रकाश पौडेल, रोमा शाक्य, इन्दिरा कँडेललगायतले यसरी एउटै ठाउँमा भेला भएर नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै आपसमा नाचगान गरी रमाइलो गर्दा कार्यक्रमदुःखसुखको चौतारी हुने बताए ।

कमेन्टहरु
Loading...