पदयात्रा मजदुरहरु आन्दोलित, टान पोखराको कार्यालयमा ताला

सागर राज तिमिल्सिना
पोखरा, १० पुस/पदयात्रा क्षेत्रमा काम गर्ने मजदुरहरु आन्दोलित भएका छन् । पदयात्रा मजदुरहरुको समस्याहरुको बारेमा सम्बन्धित सरोकारवालाहरुले वेवास्ता गरेको भन्दै उनीहरु चरणबद्ध रुपले आन्दोलित बनेका हुन् । नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एअरलाईन्स मजदुर युनियन, युनिट्रभ पश्चिमाञ्चल क्षेत्रिय समन्वय कमिटी, नेपाल पर्यटन श्रमिक संघ कास्की र अखिल नेपाल पर्यटन मजदुर संघ क्रान्तिकारी संघ तथा सदस्यहरु आन्दोलीत भएका हुन् ।

taanउनिहरुले बुधबार पोखरामा रहेको टान पोखराको कार्यालयमा ताला बन्दी समेत गरेका छन् । ‘पदयात्रा मजदुरहरुको समस्याको विषयमा सम्बन्धित संघसंस्थाहरुसंग पटकपटक समाधानका लागि आग्रह भएपनि उनीहरुबाट कुनै सम्बोधन गरे पछि आन्दोलन गर्नु परेको युनिट्राभका केन्द्रिय सदस्य सुमन पराजुलीले जानकारी दिए । पटक पटका वार्ताबाट समस्याको समाधान नभए पछि माग सम्बोधन गराउन आन्दोलनमा उत्रिन परेको पराजुलीले बताए ।

पदयात्रा मजदुरहरुले सम्बन्धित संस्थाहरुमा ६ बुँदे मागपत्र समेत बुझाएका छन् । पर्यटन बोर्ड, टान, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना लगाएतका संस्थामा जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ लगाएतका संस्थालाई उनीहरुले मागपत्र बुझाएका थिए ।

ताला बन्दी गर्दा समेत आफ्ना माग पुरा नभए पदयात्रामा जाने पर्यटकहरुलाई समेत रोक्ने चेतावनी दिएका छन् । पदयात्रा मजदुरहरुले परिचयपत्रको व्यवस्थाप गर्नु पर्ने, टानले उठाउदै आएको शुल्क टिम्सको रकम सार्वजनीक गर्नु पर्ने, अन्नपुण आधार शिविरमा भएका होटलहरुको खानाका रकम तोकीनु पर्ने लगाएता माग राखेर केहि दिन देखि आन्दोलनमा छन् ।

कमेन्टहरु
Loading...