पहाडीको निधनमा शोकशभा

भदौ १५,पोखरा । नेपाली कांगे्रसका केन्द्रिय सदस्य स्वर्गीय गोपाल पहाडीको निधन भएको १३ औ दिनको पुण्यतिथीको अवसर पारी नेपाली कांगे्रस कास्की जिल्लाले शनिवार शोकशभा गरेको छ ।पार्टी कार्यलय चिप्लेढुङ्गामा भएको शोकशभालाई सम्बोधन गर्दै नेपाली कांगे्रसका केन्द्रिय सदस्य जिवन परियारले कांगे्रसको भातृसंस्था नेपाल विद्यार्थी संघ कास्कीको विवाद अन्त्य गर्न पार्टीले पहल नगरेकोमा दुःख व्यक्त गरे ।
ने.वि.संघको विवाद तत्काल अन्त्य नगरेमा आसन्न संवीधान सभाको चुनावमा पार्टीलाई ठुलो क्षती हुने सो तर्फ उनले सचेत गराए । पुर्वसभामुख तथा पुर्व नेपाली कांगे्रसका महामन्त्री तारानाथ रानाभाटले पहाडीको निधनले कांगे्रसलाई अतुलनीय क्षती भएको बताउदै आसन्न निर्वाचनमा पार्टीले जित्नसक्ने सामाथ्र्य भएकालाई मात्र टिकट दिनुपर्ने बताए ।
कार्यक्रममा पुर्वराज्यमन्त्री महादेव गुरुङले पहाडी प्रती शोक व्यक्त गर्दै कहिल्यै पनि चुनाव हार्नका लागी नभई जित्नका लागी लडीने र जित्नसक्नेहरु मात्र चुनावमा होमीनुपर्नेमा जोड दिए । नेपाली कांगे्रसका पुर्व आमन्त्रित केन्द्रिय सदस्य शुक्रराज शर्माले लोकतन्त्रको मुटु भनेको चुनाव भएको हुनाले सबै मिलेर चुनाव सफल पार्नुपर्ने बताए ।
कार्यक्रमका सभापती तथा कास्की कांगे्रसका सभापती यज्ञबहादुर थापाले आसन्न निर्वाचनमा चार तारा चारै सिट भन्ने नारालाई आत्मसाथ गर्दै चारै सिटमा विजय हासील गरेर सिङ्गो कास्की कांग्रेसमय बनाएर देखाइदिने दाबी गरे । पुर्वसवासद कृष्णकुमारी परियार, पार्टी सचीव कृष्ण के.सी. महासमिती सदस्य शोभियतबहादुर अधिकारी,नेता खेमराज पौडेल, कोषाध्यक्ष दिवसमान प्रधाङ्ग लगायतले पहाडीको बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...