ओबामाले महान्यायाधीबक्तासँग माफी मागे

२४ चैत, काठमाडौं । क्यनालिफेर्नियाका महान्यायाधीबक्ता कमला हृयारिसलाई ‘राम्री’ भनेकोमा आलोचना भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले माफी मागेका छन् । ओमाबाले हृयारिसलाई पूरानो सानी र ‘देशको सबैभन्दा राम्री हान्यायाधीशवक्ता’ भनेका थिए । हृयारिसका प्रवक्ताका अनुसार कमला ओबामाका कट्टर सर्मथक हुन् । तर, उनले ओबामाको माफी स्वीकार गरे नगरेको केही बताइएको छैन ।

obama-with-kamalaबिहीबार क्यालिफोर्निर्यामा भएको एक कार्यक्रममा ओबामासँगै हृष्यारिस पनि सहभागी भएकी थिइन् । हृयारिसपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओबामाले भनेका थिए-’हृयारिस एक निकै समझदार र समर्पणले काम गर्ने महिला हुन् । उनी ठिकसँग काम गराउन कठोर निर्णय पनि लिन सक्छिना् । कानुन व्यवसायलाई सूचारु रुपमा चलाउन यस्तै मानिस चाहिन्छ ।’ त्यसपछि ओबामाले भने-’साथै उनी अमेरिकाको सबैभन्दा राम्री अर्टोनी जनरल हुन् । उनी मेरो पुरानो साथी र प्रबल समर्थक पनि हुन् ।’

लगतै समाजिक संजाल र ब्लगहरुमा ओबामाको चर्को आलोचना भएको थियो । शुक्रबार हृवाइट हाउसले जारी गरेको बक्तव्यमा राष्ट्रपतिले हृयारिससँग कुरा गरेको र आफ्नो भनाईप्रति माफी मागेको जनाएको छ ।

कमेन्टहरु
Loading...