मानुषी यमी भट्टराई कीर्तिपुरबाट चुनाव लड्ने

५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी एवं निवर्तमान स्ववियु सचिव मानुषी यमी भट्टराई आगामी जेठ २३ मा हुने स्ववियु चुनावमा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर क्याम्पसमा अखिल क्रान्तिकारीका तर्फबाट सभापतिको उमेद्वार बन्नुभएको छ । manusi yami bhattaraiअखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हिमाल शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा मानुषीको उमेद्वारी घोषणा गरिएको हो । क्रान्तिकारीले आइतबार पहिलो चरणमा देशभरिका १ सय ५ वटा क्याम्पसमा सभापतिहरुको उमेद्वारी घोषणा गरेको छ ।

जेठ ९ गते दोस्रो चरणमा बाँकी क्याम्पसका उमेद्वार घोषणा गरिने शर्माले जनाएका छन् । क्रान्तिकारीले राजधानीमा पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गरेको हो । क्रान्तिकारीको पत्रकार सम्मेलनमा एमाले अखिलमा लागेको भनिएका डेन्टल कलेजका सभापति अच्युत भट्ट पनि सहभागी भएका छन् ।

उपत्यकामा को-को ?

आइतबार सार्वजनिक गरिएका उपत्यकाका क्याम्पसहरुका सभापति उमेद्वारमा कीर्तिपुर क्याम्पसमा मानुषी यमी भट्टराई, रत्नराज्यमा सुरेन्द्र बस्नेत, अमृत साइन्समा नन्दकिशोर पुनका छोरा दीपेश पुन, ताहचल क्याम्पसमा धु्रवविक्रम वली र पशुपति क्याम्पसमा इन्द्र भुसालरहेका छन् । त्यसैगरी पब्लिक युथमा गोविन्द कँडेल, सरस्वती क्याम्पसमा प्रेम श्रेष्ठ, थापाथलीमा चक्र भट्ट, पाटन क्याम्पसमा र सानो ठिमी क्याम्पसमा गणेश बूढाथोकीलाई अखिल क्रान्तिकारीले सभापतिको उमेद्वार तोकेको छ ।

मीनभवन क्याम्पसमा पवन कार्की, पद्मकन्यामा अनिता सापकोटा र शंकरदेवमा हालै पिटाइ खाएर अस्पताल भर्ना भएकी राजेश्वरी सुवेदीलाई सभापतिमा उठाइने क्रान्तिकारीले जनाएको छ । त्रिचन्द्र क्याम्पसमा टेकेन्द्र जोशी क्रान्तिकारीका सभापति उमेद्वार बन्ने भएका छन् । बाल्मिकीमा सन्तोष आचार्यको नाम अघि सारिएको छ ।

काठमाडौं बाहिरका उमेद्वार

अखिल क्रान्तिकारीले पोखराको पृथ्वीनारायण क्याम्पसमा गोविन्द केसीलाई सभापतिको उमेद्वार घोषणा गरेको छ । त्यस्तै वीरेन्द्र क्याम्पस भरतपुरमा सन्तोषकुमार सिंह, वुटवल क्याम्पसमा विमल गिरी, महेन्द्र बहुमुखी नेपालगञ्जमा सूर्य घर्ती, कैलाली बहुमुखी क्याम्पसमा उद्धव भट्टराई, ठाकुरराम क्याम्पस वीरगञ्जमा प्रभाकर गुप्ता र महेन्द्र मोरंग बिराटगनगरमा देवानन्द यादवलाई सभापतिमा उठाइने क्रान्तिकारीले जनाएको छ ।

भर्नासम्बन्धी लफडा

यसैवीच निर्वाचनको मिति नजिकिँदै जाँदा राजधानीका केही क्याम्पसहरुमा विद्यार्थी भर्नाको विषयलाई लिएर नेविसंघ र अखिलवीच विवाद चर्किर्एको छ । एउटा विद्यार्थी संगठनले अर्कोलाई नक्कली विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै आएका छन् । यसैविषयलाई कमर्श क्याम्पसमा नेविसंघले आइतबार तालाबन्दीसमेत गरेको छन् ।

– See more at: http://www.onlinekhabar.com/2013/05/72481/#sthash.LNqQ6ruO.dpuf

कमेन्टहरु
Loading...