वृत्तचित्र निनी रचनीको परिचर्चा

यहि वैसाख २३ गते सेती नदिमा आएको वाढीवाट विस्थापीत वनेका एक किसानको कथामा वनाईएको निनी रचनी वृत्तिचित्रको पोखरामा परिचर्चा गरिएको छ । पोखरा फिल्म सोसाईटीको नियमित चलचित्र प्रर्दशनको अवसरमा सनिवार पत्रकार चलचित्रकर्मी तथा फिल्म समिक्षमकहरु विचमा परिचर्चा गरिएको थियो । निनी रचनी वृत्तचित्र सेतीमा आएको वाढीवाट विस्तापीत वनेका तर संचारमाध्यम मार्फत् सार्वजनिक नभएका एक किसानको कथामा वृत्तचित्र तयार पारिएको थियो ।

वृत्तचित्र काठमाण्डौमा आयोजना भएको राष्ट्रिय छोटा चलचित्र प्रतियोगीतामा दोश्रो भएको थियो । निर्देशक तथा चलचित्रकर्मी विष्णु प्रसाद गौतमले सेतीको वाढीवाट प्रभावित भई विस्थापीत भएका निनी रचनी गाई फारमका संचालक कृषक रुद्रनाथ गौतमको कथामा वृत्तिचित्र तयार गरेका थिए । परिचर्चा कार्यक्रममा फिल्म समिक्षक राजेश गोंगजुले निनी रचनीको प्रशंसा गर्दै त्यसमा समावेस गरिएका सम्वादहरुको मर्मलाई कुनै उपन्यासको विषय वस्तु वनाउदा पनि हुने खालको भएको जानकारी गराउदै भने—“निनी रचनीमा पात्रले वोलका संवादको मर्मले म यति प्रभावित भए फिल्मको पुरै समय एक पल्समै सकिए जस्तो लाग्यो ।”

कार्यक्रममा थप प्राविधिक कुराको वारेमा समिक्षा गर्दै समिक्षक गोगंजुले मानविय समेवेदना, यथार्तता र उदाहरणिय रुपले अरुलाई सन्देश दिन सक्ने विषयवस्तुमा वनाईएका कुनै पनि चलचित्र विश्व वजारमा विक्न सक्ने भएकाले सवै चलचित्रकर्मीलाई त्यस तर्फ केन्द्रित हुन अनुरोध पनि गरे । परिचर्चा कार्यक्रममा निर्देशक विष्णु प्रसाद गौतमले सामुहिक सहकार्यवाट मात्रै राम्रा फिल्म वनाउन सकिने धारणा राख्दै निर्माणमा सहयोग गर्ने पोखरा फिल्म सोसाईटी, श्याम शुक्ला फिल्म प्रोडक्सन, एम वि आस्था, ऋषीकान्त पौडेल लगाएतलाई धन्यवाद दिए।

वृत्तचित्रको निर्माण श्यामसुक्ला फिल्म प्रोडक्सनले गरेको हो भने निर्माताको रुपमा कविता भण्डारी रहेकी छन् । यस्तै फिल्मको कार्यकारी निर्माता शेखर गौतम हुन् भने सम्पादन तथा छायंकन घनश्याम लामिछानेको हो । वृत्तचित्रको परिकल्पना सरोज सापकोटाको रहेको छ । कृषक रुद्रनाथ सेतीको वाढीवाट प्रभावित भई व्यवसायीक रुपमा सवै भन्दा वढी क्षेती वेहोरेका व्यक्ति पनि हुन् । करिव एक करोडको व्यवसाय वाढीका कारण १० लाखमा सवै गाई तथा व्यवसाय छोड्नु परेको व्यथा वृत्तचित्रमा उल्लेख छ।

उनको गोठमा ५० वटा उन्नत जातका गाईहरु थिए । जसमा दैनिक ८ जनाले प्रत्यक्ष रोजगारी पाएको पनि वृत्तचित्रमा समेटिएको छ । वृत्तिचित्रमा २०५८ साल देखि ६९ साल सम्म उनले गरेको संधर्षका दृश्यहरु समावेश गरिएको छ । कास्की जिल्लामै एउटा फारमवाट सवै भन्दा वढी दुध पनि उनले नै वेच्ने गरका थिए ।वाढीवाट प्रभवित भए पछी व्यवसायनै विस्थापन भएको अवस्था पनि जतीसुकै दुख कस्ट सहेर पनि आफ्नो पेशालाई पुन निरन्तरता दिने आसय प्रस्तुत गरि वृत्तचित्रको समापन गरिएको निर्देशक गौतमले जानकारी दिए ।

कमेन्टहरु
Loading...