याङ्जाकोटमा युवा पत्रकार सिग्देल सम्मानित

पोखरा, २४ बैशाख। कास्कीको याङ्जाकोटमा सोमबार पोखराका युवा पत्रकार एवं आदर्श समाज राष्ट्रिय दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देललाई सम्मान गरिएको छ। कास्कीको याङ्जाकोटस्थित मिलन युवा क्लवले आयोजना गरेको याङ्जाकोट बैशाख मेला – २०७० को अवसरमा उहाँलाई सम्मान गरिएको हो।

पत्रकारिताको माध्यमबाट समाजिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको कदरगर्दै कार्यक्रमका प्रमुख अतिथि याङ्जाकोट तमु समाजका प्रमुख संरक्षक तिलकबहादुर गुरुङ, क्लवका अध्यक्ष करण गुरुङ र निवर्तमान अध्यक्ष देवीजङ्ग गुरुङले संयुक्त रुपमा पत्रकार सिग्देलाई सम्मान गर्नुभएको थियो।

उहाँलाई अविर, खादा सहित सम्मान पत्र प्रदान गरिएको हो। पत्रकार सिग्देल एक दशकभन्दा बढि समयदेखि पोखरामा रहेर पत्रकारितागर्दै आउनुभएको छ। त्यसैगरी मेलाको अवसरमा याङ्जाकोटको विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेकोभन्दै याङ्जाकोट समाजका अध्यक्ष दलबहादुर गुरुङ र याङ्जाकोट तमु समाजका प्रमुख संरक्षक तिलबहादुर गुरुङलाई पनि दोसल्ला सहित सम्मान पत्रबाट सम्मान गरिएको थियो।

 

 

कमेन्टहरु
Loading...