स्वतन्त्र पत्रकारको केन्द्रीय अधिवेशनको तयारी पुरा

पोखरा, २७ मङ्सिर/स्वतन्त्र पत्रकार संघ नेपालको प्रथम केन्द्रीय अधिवेशनको तयारी पुरा भएको छ । सघंको अधिवेशन मङ्सिर २९ गते पोखरामा हुन लागेको हा े। अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले गर्ने भएका छन् ।

उद्घाटन समारोहमा सामाजिक पत्रकारिता पुरस्कारका संस्थापक समाजसेवी लीलाभक्त आचार्यलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । अधिवेशनमा पश्चिमाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रका आठ जिल्लाका पत्रकार प्रतिनिधिहरुको सहभागिता रहने छ ।

पोखराको नगरविकास प्रशिक्षण केन्द्रमा गरिन लागेको उक्त अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको तयारी समितिका संयोजक दुर्गा अधिकारीले जानकारी दिइन् । नयाँ कार्यसमितिको निर्वाचन कार्यक्रम सहितको अधिवेशनको लागि संघका केन्द्रीय सल्लाहकार अधिवक्ता भूपनिधि पन्तको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...