सगरमाथामा संकलन गरीएको फोहोरबाट निर्मित सामाग्री पोखरामा प्रर्दशन

सागर राज तिमिल्सिना/ पोखरा, ८ बैशाख /माउन्ट एभरेष्ट आठहजार आठ सय अठ्चालीस आर्ट प्रोजेक्टले निर्माण गरेको भिजुअल आर्ट काठमाडौं बाहिर पोखरामा प्रर्दशन गरीएको छ । पोखराको फिस्टेल लजमा प्रर्दशन गरीएको प्रर्दशनीमा १५ जना कलाकारले निर्माण गरेका भिजुअल आर्ट राखीएको छ । सन् २०११–१२ मा  सगरमाथामाबाट  संकलन गरीएको फोहोरलाई अपसाइकीलिङ निर्माण गरीएको आटिस्ट प्रज्वल शाहीले जानकारी दिए । सगरमाथामा फोहोर संकलन गर्ने क्रममा एभरेष्ट समिटरस एसोसिएसनले संकलन गरेको १० टन फोहोर मध्य १ टन फोहोरबाट आफुहरुले विभिन्न कला मुर्ति निर्माण गरेको कृष्ण बहादुर थिङले जानकारी दिए । २१ जना कलाकारले १ महिनामा मुर्ति निर्माण गरेको कृपा राणा शाहीले जानकारी दिइन् । उनले बातावरण सचेतनाको लागी र बिश्वकै सर्बोच्च शिखर सगरमाथा प्रति सवैको ध्यान तान्नको लागी कलाकारहरुले विभिन्न मुर्तीहरु निर्माण गरेको बताइन् ।

उनले काठमाडौको होटल अन्नपुर्ण र पोखरामा रहेको अन्तराष्ट्रिय संग्रालयमा ६ फिट लामो आइस अक्ससौजनन्य गरेको बताइन् । शाहीले आफुहरुलाई मुख्य सहयोग होटल अन्नपुर्ण काडमाडौं र फिस्टेल लज पोखराले जानकारी दिइन् । प्रर्दशनमा राखिएका सामाग्रीहरुको मुल्य १५ सय रुपैया देखि २ लाख सम्म रहेको बताइएको छ । प्रर्दशनीमा कसमस मण्डेला स्नो ड्रप लगायतका सामाग्री राखिएको छ । शुक्रबार देखि चलेको प्रर्दशनी सोमबार सकिने बताइएको छ । कार्यक्रममा फिस्टेल लज पोखराका महाप्रबन्धक प्रदिप राणाले सफलताको शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...