ह्योल्मो समाज कास्कीमा पुन ः क्या.पुर्ण

हुम तमु, पोखरा, ३१ चैत /नेपाल ह्योल्मो समाज सेवा संघ कास्कीको शुक्रवार पोखरा १० मिलनटोल समाज घरमा सम्पन्न चौथो जिल्ला अधिवेशनले तीन वर्षका लागि पुनः क्याप्टेन पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

अल्पसंख्यक आदिवासी जनजाति मध्ये ह्योल्मो समाज कास्कीको प्रथम उपाध्यक्षमा दिर्जेमान ह्योल्मो, द्धितिय उपाध्यक्षमा तिलकुमारी ह्योल्मो, तृतिय उपाध्यक्षमा सुवेदार तेजबहादुर ह्योल्मो, सचिवमा दिलबहादुर ह्योल्मो, सहसचिवमा पुर्ण ह्योल्मो, कोषाध्यक्षमा सुर्यबहादुर ह्योल्मो, सहकोषाध्यक्षमा खड्कबहादुर ह्योल्मो चयन हुनुभएको छ । तिनवर्षे कार्यकालका लागि कार्यसमिति सदस्यहरुमा हेमबहादुर ह्योल्मो, झलकबहादुर ह्योल्मो, रोशन ह्योल्मो, सिता ह्योल्मो, हिरा ह्योल्मो, प्रेमबहादुर ह्योल्मो, सुनिता ह्योल्मो, इन्द्र ह्योल्मो, डम्बरबहादुर ह्योल्मो, प्रविण ह्योल्मो र खेममाया ह्योल्मो चयन हुनुभएको छ ।

कार्यक्रममा अनिज कास्कीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएका हुमबहादुर तमु, नेपाल आदिवासी जनजाति महासंघ कास्कीको अध्यक्ष र सचिवमा पुनः निर्वाचित अध्यक्ष पानबहादुर घर्ती र पुर्ण ह्योल्मोलाई सम्मान गरिएको थियो भने समाजका १८ जना आजीवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो ।

समाजका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष किञ्जो ओमु ह्योल्मोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर भुजेल, अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, ह्योल्मो महिला संघका केन्द्रीय अध्यक्ष निमा ह्योल्मो, सु.तेजबहादुर ह्योल्मो, पुर्ण ह्योल्मो लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...