स्वतन्त्र सन्देश विधिवतरुपमा दर्ता

पोखरा, ८ चैत। स्वतन्त्र पत्रकार संघ नेपालद्धारा प्रकाशित हुने “स्वतन्त्र सन्देश” नामक वार्षिक पत्रिका विधिवतरुपमा दर्ता भएको छ । जिल्ला प्रशाशन कार्यालय कास्कीमा बिहिबार दर्ता भएको उक्त पत्रिकाको दर्ता सख्या नं.२९८ रहेको छ ।अग्रज पत्रकार यज्ञप्रसाद बास्तोला सम्पादक रहेको उक्त पत्रिका नववर्ष २०७० देखि प्रकाशित हुने जनाईएको छ । स्वतन्त्र पत्रकार संघ नेपालको फागुन ४ गतेको केन्द्रिय वैठकले संघको नाममा पत्रिका दर्ता गर्ने निर्णय गरेको थियो । स्वतन्त्र पत्रकार संघ २०६८ फागुनमा स्थापना भएको हो । संघका नौवटा जिल्लामा शाखा गठन भईसकेको छ ।

कमेन्टहरु
Loading...