महिला स्वास्थ्य र प्रजनन अधिकारका समस्याबारे अन्तत्र्रिmया

पोखरा २४ फागुन/अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा जिल्ला जनस्वास्थ्य कार्यालय तथा बालबालिका कार्यालय चापाकोट गा.वि.स. को संयुक्त आयोजनामा ल्ज्क्क्ए स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम दोस्रो पश्चिम क्षेत्रको सहयोगमा अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला स्वास्थ्य र प्रजनन अधिकार बारे भन्ने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । सगरमाथा महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्दिरा लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रनिसु अधिकृत मित्र अर्याल र पश्चिमाञ्चल हेल्थ असिस्टेन सम्झना ढुंङ्गानाले महिला स्वास्थ्य तथा प्रजनन अधिकार बारेमा चर्चा गर्दै कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालमा प्रत्यक गा.वि.समा स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी भएपनि महिला दिदिवहिनीहरुले सुरक्षित तवरले प्रजनन अधिकार नपाएको र स्वास्थ्यमा केही खराबी भएमा डक्टरकोमा नगईकन लुकाएरै बस्ने गरेको हुदा स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेको अन्तक्रिया कार्यक्रममा सहभागीहरुले बताए ।

चापाकोटका ६० भन्दा बढी महिला दिदिवहिनीहरुको उपस्थिति रहेको कार्यक्रममा गा.वि.स सचिव युवराज पौडेलले महिला अधिकारको विषयमा आफू र आफ्नो गा.वि.स बाट जस्तोसुकै सहयोग गर्न पनि पछि नपर्ने बताए । चापाकोट उपस्वास्थ्य चौकीका प्रमुख गोपालचन्द्र बरालले सञ्चालन गर्नु भएको कार्यक्रममा महिला सञ्जालका सचिव गिता विक लगायतले बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...