गुम्लेमी समाज पोखरामा मगर

पोखरा २७, माघ/गुल्मेली समाज पोखरा कास्कीको अध्यक्षमा शिव थापा मगर चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि १५ सदस्यीय नयाँ समिति चयन गरेको हो । समाजको वरिष्ठ उपाध्यक्षमा नेत्रलाल ज्ञवाली, उपाध्यक्षमा लक्ष्मण भण्डारी, सचिवमा भानुभक्त भण्डारी, सह–सचिवमा प्रकाश ज्ञवाली, कोषाध्यक्षमा नारायण न्यौपाने चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा मधु पन्थी, लक्ष्मी पोख्रेल, सुरज थापा, महेशकुमार राना, रेशम पुन, सीता सुनार, कमल न्यौपाने, चेतबहादुर घर्ती र कृष्ण पन्त रहेका छन् । समाजका अध्यक्ष बावुराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत कृष्ण भण्डारी, शिद्ध माविका प्रधानाध्यापक शंकर ज्ञवाली, कार्यक्रम संयोजक नारायण न्यौपाने, समाजका सदस्य भानुभक्त भण्डारी शुभकामना दिएका थिए ।

 

कमेन्टहरु
Loading...