करको दायरामा आउन होटल व्यवसायीहरुलाई आग्रह ः क्षेत्रीय प्रशासक

घान्द्रुक, २४ माघ/किम्रोङखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति घान्द्रुक –९ ले आयोजना गरेको किम्रोङ खोला खानेपानी तथा सरसफाई आयोजना युम्ले स्कीमको शिलान्यस भएको छ ।  पश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुमनप्रसाद शर्माले निर्माण स्थलमा सिमेन्ट र ढुंगा राखेर शिलान्यस गरेका थिए । कार्यक्रममा शर्माले यस खानेपानीको निर्माण पछि आन्तरिक तथा वाहय पर्यटकहरुलाई पनि पानीको समस्या नहने बताए ।

उनले नेपाल सरकारको नीति अनुसार यहाँका होटल व्यवासीहरुलाई पनि करको दायरामा आउन आग्रह समेत गरे । उनले यस क्षेत्रको विकासमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत जनाए । कार्यक्रममा खानेपानी कास्कीका क्षेत्रीय निर्देशक खोमबहादर सुवेदीले आयोजना निर्माण पछि सञ्चालनको जिम्मा स्थानीयबासीलाई नै दिइने बताए । आयोजना सञ्चालन पछि त्यसको दिगो विकास र निरन्तरताका लागि उपभोक्ताहरुबाट केही शुल्क लिनुपर्ने बताउँदै नेपालमा ४ वटा जिल्ला मात्र खुल्ला दिशामक्त क्षेत्र घोषणा भएको र सरकारले सन् २०१७ सम्ममा देशैभर सरसफाई र खानेपानीको व्यवस्था गर्ने नीति लिएको जानकारी दिए ।

खानेपानी क्षेत्रीय कार्यालयका सिडिई चन्द्र के.सी.ले आयोजना सम्पन्न गर्न ६३ लाख ९३ हजार अनुमानित लागत लाग्ने र उक्त रकम मध्ये नेपाल सरकारबाट ५० लाख विनियोजन भएको र स्थानीयबासीबाट १३ लाख ९३ हजारको सहभागिता रहने बताए । कार्यक्रममा आन्तरिक राजस्व कार्यालयका प्रमख कर अतिकृत लक्ष्मण बस्नेतले सरकारले घोषणा गरेको कर वर्षलाई सफल बनाउन आफ्नो कार्यालयबाट आफ्नै नेतृत्वमा कागजपत्र सहित एक टोली खटिई घान्द्रक गाविसका ६५ जना होटल व्यवसायीहरुलाई पान (उबल) नम्बर वितरण गरेको बताए ।

उनले ६५ मध्ये होटल व्यवसायी मध्ये ६२ जनाले मदिराको समेत इजाजत लिएको जनाए । जसरी हाम्रा विकास निर्माणका कार्यक्रम सरकारसँग सहयोगको आव्हान गरिन्छ त्यसरी नै सरकारले पनि होटल व्यवसायीहरुसँग कर लिने प्रावधानलाई कडाईका साथ लागू गरेको बताए । उनले राज्यलाई तिर्ने करमा व्यवसायीहरुको पनि आत्म सम्मान हुने बताए । राज्यले कर त्यसै नलिई व्यवसायीहरुलाई कानुनी दायरामा ल्याउन कर लिएको समेत उल्लेख गरे । उनले २० लाख सम्मको कारोवार हुने होटल व्यवसायीहरुले एब्ल् मा मात्र दर्ता गरे हुने र २० लाख भन्दा बढीको कारोवार हुनेले ख्ब्त् मा समेत दर्ता गर्नुपर्ने जानकारी दिए ।

कमेन्टहरु
Loading...