चारभञ्ज्याङ तमु समाज पोखराको भवन शिलन्यास

पोखरा, माघ /पर्वत जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तरगत भँगरा, दाद्रा, ठानामौलोे, लामे गाँउबाट पोखरा आई वसोवास गरेका तमुहरुको साझा संस्था चारभञ्ज्याङ तमु समाज पोखराले निर्माण गर्ने बहुउद्धेश्यीय समाज भवनको शिलन्यास गरिएको छ ।

पोखरा ९ नयाँबजारमा निर्माण गर्न लागिएको भवनको यसवर्षको शुभ ल्हो बिरालो (वर्ग)द्वय तमु धिं नेपालका अध्यक्ष कर्म तमु र चारभञ्ज्याङ तमु समाज पोखराका अध्यक्ष पुरनधोज तमुले सोमवार एक कार्यक्रमका विच शिलान्यास गर्नुभएको हो । उक्त शिलान्यासको शुभकार्यमा लामा गुरु बेलबहादुरर तमुले पुजा पाठ तथा मन्त्रोच्चारण गर्नुभएको थियो ।

करिब एक करोडको लागतमा निर्माण गर्न लागिएको बहुउद्धेश्यीय भवन निर्माणका लागि समाजका पुर्व सचिव क्याप्टेन धर्मलाल तमुको संयोजकत्वमा भवन निर्माण समिति समेत गठन गरेको छ । समितिले भवन निर्माणका लागि समाजका सदस्यहरुबाट भवन निर्माणका लागि रकम संकलन सहित निर्माणको तयारीमा जुटेको क्या.तमुले जानकारी दिनुभयो । भवन निर्माणका लागि करिब ५५ लाख रुपैया संकलन भइसकेको र स्वदेश तथा विदेशमा रहनुभएका समाजका सदस्य तथा शुभेच्छुक शुभचिन्तकहरुबाट रकम सहयोग हुने समाजका अध्यक्ष पुरनधोज तमुले अपेक्षा गर्नुभयो ।

कमेन्टहरु
Loading...