निशुल्क ज्योतीष तालिम आयोजना हुने

माघ ०७, पोखरा/विभिन्न सामाजिक कार्यमा सक्रियता जनाउदै आएको अर्घौ कालिका युवा क्लव कालिका ४ कास्कीले निशुल्क ज्योतिष विद्या तालिम दिने भएको छ । लोप हुन लागेको ज्योतिष विद्यालाई जोगाई राख्ने अभियानका साथ क्लवले तालिमको आयोजना गर्न लागेको क्ल्वका अध्यक्ष विकल रानाभाटले जानकारी दिए ।

माघ १३ गतेबाट शुरु हुने तालिम दुई महिनासम्म चल्ने बताइएको छ । कालिका ४ कास्कीमा हुने तालिममा सहभागीता जनाई ज्योतिष विद्याका बारेमा ज्ञान हासील गर्न क्लवले सबैमा आग्रह गरेको छ । ज्योतिष पण्डित मनोहरी त्रिपाठीले प्रशिक्षण दिने छन् ।

कमेन्टहरु
Loading...