गोमादेवि गौतमद्धारा आफु माथि दुव्र्यवहार गर्ने आफ्ना श्रीमान तथा परिवार माथि कार्रबाहीको माग

पोखरा, पुस /कास्कीको पुरुन्चौर– ५ की २४ बर्षीया गोमादेवि गौतमले आफु माथि दुव्र्यवहार गर्ने आफ्ना श्रीमान तथा परिवार माथि कार्रबाहीको माग गरेकी छन । तनुहँ ढोरफिर्दी माइत घर भएकी गौतमले २०६७ साल असार २८ गते सामाजिक रिति अनुसार पुरुन्चौरका देवराज गौतमसंग विवाह भएको थियो ।

विवाहमा दाईजो कम ल्याएको तथा जग्गा नपाएको निहुमा विवाह भएको केहि महिनादेखि मानसिक याताना दिदै कुटपिट समेत गरेकोले श्रीमान तथा आफ्नो परिवार छाडेर माईतमा गएर बस्न बाध्य भएको गुनासो गर्दै पिडित गोमाले आफुमाथि दुव्र्यवहार गर्ने उपर कडा भन्दा कडा कार्रबाही गर्नू पर्ने माग राखेकी छन । देश भरी महिला हिंसाका एक पछि अर्को घटनाहरु सार्वजनिक भई रहेका समयमा कास्कीमा पनि उक्त घटना सार्वजनिक भएको हो ।

यस घटनाबारे गोमाका शसुरा भोजराज गौतमले केहि साना तिना गल्ती भए पनि आफ्नो घरको झगडा आफ्नै घरमै बसेर सल्टाउनु पर्नेमा आफ्नी बुहारीले आफुहरुलाई झुटा मुद्धा लगाएको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो सकभर छोरा बुहारी मिलेर बस्छन भने आफुले त्यसलाई स्वागत गर्ने बताउनु भयो ।

गोमाका श्रीमान प्रहरी हिरासतमा रहे पनि सुक्रबार बेलुका तारिखमा छुटेका छन । दाईजोको निहुमा हिंसा खेपेकी गोमालाई यस अघि जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर, समाजमा गरी ६ भन्दा बढी पटक मिलापत्र गरे पनि घरमा कुनै सुधार नभएको कारण आफु माईतमा गएर बस्न बाध्य भएको गोमाले बताउनु भयो । पिडित गोमाले भनीन दाईजाको निहुमा कुनै महिलाहरुले पनि मेरो जस्तो दुखः पाउन नपरोस ।

कमेन्टहरु
Loading...