आपतकालीन कार्य सञ्चालन केन्द्र तथा कृतिम घटना अभ्यास

पोखरा, २२ मंसिर/नेपाल सरकार गृहमन्त्रालयको आयोजनामा पोखरामा एकदिवसिय जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र तथा कृतिम घटना अभ्यास गरिएको छ । विभिन्न विपदको घटनालाइ कसरी समाधान गर्न सकिन्छ भनेर विभिन्न ८ वटा क्षेत्रहरु निर्धारण गरेर अभ्यास गराइएको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक दिपेन्द्रराज ढकालले जानकारी दिए ।

१ दिवसिय कार्यक्रममा प्राकृतिक विपदको घटनपूर्वको तयारी र घटना घटेपछि के कस्तो समाधानका उपायाहरु गर्न सकिन्छ भनेर अभ्यास गराइएको र उनीहरुको भूमिकाले कस्तो सकारात्मक प्रभाव पार्छ भनेर छलपल गरिएको समेत ढकालले वताए । गृहमन्त्रालयले नेपालको १६ जिल्लामा गर्ने कार्यक्रम अनुसार पोखरामा शुक्रबार विभिन्न सरकारी गैरसरकारी निकायहरुको समन्वयमा यू एन डी पीको सहयोगमा यो कार्यक्रम गरिएको ढकालले बताए ।

यस अघि नवलपरासी सप्तरी र डढेलधुरामा अभ्यास गराइ सकेको आयोजकले जनाएको छ । पोखराको नगरप्रशिक्षण केन्द्रमा आयोजना गरिएको उतm कार्यक्रममा पोखरामा रहेका सरकारी ,गैरसरकारी , प्रहरी प्रशासन राजनैतिक दल, कृषि कार्यालयका कर्मचारी गरी २०० वढीको सहभागीता रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...