राम निमाविलाइ शैक्षिक सामाग्री वितरण

पोखरा ०५ पुस/ लायन्स क्लव अफ पोखरा अन्नपूर्ण र लियो क्लव अफ पोखरा अन्नपूर्णको संयुतm आयोजनामा पोखराको सृजनाचोकमा रहेकाृे राम निमाविमा शैक्षिक सामाग्री वितरण तथा रंग रोगन गरेका छन । सहयोगी संस्था सेन्ट एडेयिन्स एलिगेन्स गल्स स्कुल अस्ट्रेलियाको सहयोगमा डिसेम्बर ११ देखि १५ सम्म कार्यक्रम भएको कार्यक्रममा  १ लाख ६६ हजार वरावरको रंग रोगन , ४० हजार वरावरको शैक्षिक सामाग्री बितरण गरिएको हो  ।कार्यक्रम संयोजक यदुनाथ अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा लियो क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष सोनाम साङपो , लायन्स क्लव अफ पोखरा अन्नपूर्णका कार्यबाहक अध्यक्ष नारायण बाटाजु , बिद्यालयका प्रध्यानाध्यापक लगाएतले वोलेका लियो क्लव अफ अन्नपूर्णका प्रचार संयोजक कृष्णराज आचार्यले जानकारी दिए ।

यस अघि तनहुको सत्रसयमा रहेको मित्रता उच्च माविमा ४० हजार वरावरको शैक्षिक सामाग्री १ लाख ६५ हजार वरावरको भवन निर्माण सहयोग गरेको आयोजकले जनाएको छ । कार्यक्रममा १४ जना अष्ट्रेलियनको सहभागीता रहेको लियो क्लव अफ पोखरा अन्नपूर्णका अध्यक्ष श्याम भुसालले जानकारी दिए ।

कमेन्टहरु
Loading...