स्वतन्त्र पत्रकार सघको अध्यक्षमा बास्तोल

पोखरा, २७ मङ्सिर/स्वतन्त्र पत्रकार संघ नेपालको प्रथम केन्द्रीय महाधिवेशनको अध्यक्षमा कृष्णप्रसाद बास्तोला निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा विवि आले सिन्धुलिया, पश्चिमाञ्चल संयोजकमा रमेश पौडेल, मध्यमाञ्चल संयोजकमा राजेश घिमिरे, महासचिवमा कमल पौडेल अथक, सचिवमा नन्दराम पौडेल कपिलवस्तु, कोषाध्यक्षमा दिननाथ बराल कास्की चयन भएका छन् ।त्यसैगरि सदस्यहरुमा तारा शर्मा तनहु, विधुर ढकाल चितवन, राजेन्द्रजड्ड रायमाझी रुपन्देहि, टिकाराम अधिकारी स्याड्डजा, सुरज पौडेल चितवन र रुवि बास्तोला कास्की चयन भएका छन् । अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले गरेका थिए

उद्घाटन समारोहमा सामाजिक पत्रकारिता पुरस्कारका संस्थापक समाजसेवी लीलाभक्त आचार्यलाई सम्मान गरिएको थियो । अधिवेशनमा पश्चिमाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रका आठ जिल्लाका पत्रकार प्रतिनिधिहरुको सहभागिता रहेको थियो । २०६८ फागुन २४ गते स्थापना भएको स्वतन्त्र पत्रकार संघ नेपाल गत बैशाख १८ गते जिल्ला प्रशाशन कार्यालय कास्कीमा विधिवतरुपमा दर्ता भएको थियो ।

कमेन्टहरु
Loading...