आइतबारबाट नयाँ स्थानीय संरचनाः गाविस, नगरपलिका र जिविस विघटन

काठमाडौ, २७ फागुन /आइतबारदेखि देशभर नयाँ स्थानीय संरचना अनुसार जाने भएको छ । नयाँ संरचना अनुसार ७ सय ४४ वटा स्थानीय तह कायम हुनेछ ।

सोही दिनदेखि हाल कायम सबै स्थानीय निकाय गाविस, नगरपालिका र जिविस विघटन हुनेछन् । नयाँ संरचनामा ७ सय ४४ वटा गाउँपलिका र नगरपालिका हुनेछन् । आजको नागरिक दैनिकमा समाचार छ ।

संविधानअनुसार स्थानीय तह पुनसंरचना कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका स्थानीय विकास अधिकारीलाई बिहीबार निर्देशन दिएको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मन्त्रीपरिषद्बाट पारित स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदन राजपत्रमा प्रकाशन हुने अन्तिम चरणमा रहेको बताएका छन् ।

कमेन्टहरु
Loading...