बाल श्रम र बाल संरक्षण कार्यक्रमको समिक्षा गोष्ठी

लेखनाथ, ७ चैत्र/लेखनाथ नगरपालिकामा संचालित बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत बालश्रम र बाल संरक्षण समिक्षा प्रगती एवं सन् २०१३ का लागि कार्ययोजना गोष्ठी सम्पन्न भएको छ । युनिसेफ भरतपुरको सहयोगमा लेखनाथ नगरपालिकाले आयोजना गरेको गोष्ठीमा सन् २०१२ मा वालवालिकाको क्षेत्रमा भएका कार्यहरुको समिक्षा भएको हो ।
गोष्ठीमा लेखनाथ नगरपालिकामा नगरक्षेत्रभित्र भएका गतिविधिहरुको नगरपालिकाका बालबालिका सम्वन्धी कार्यक्रमका फोकल पर्सन नवराज सापकोटाले प्रस्तुत गरेका थिए । सापकोटाले बालबालिकाको क्षेत्रमा गत आ.व.मा संस्थागत, क्षमता विकास, बालश्रम र बालसंरक्षणका क्षेत्रमा झण्डै १८ लाख रुपैयाको कार्यक्रम सम्पन्न भएको जानकारी दिए । उनले नगरपालिका क्षेत्र भित्र रहेका बालश्रमिक न्यूनिकरण गर्न विशेष योजना वनाउनु पर्नेमा समेत जोड दिएका छन् ।

कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत डम्वरु दाहालले सन् २०१३ मा नगरक्षेत्रमा गरिने कार्ययोजना प्रस्तुत गरेका थिए । उनले त्यसअवसरमा नगरपालिका तर्फ ५२ लाख र युनिसेफ भरतपुरवाट ४७ लाख सहयोग सहितको अनुमानित कार्ययोजना प्रस्तुत गरेका थिए । युनिसेफ क्षेत्रिय कार्यालय भरतपुरका प्रमुख पुरुषोत्तम आचार्य, युनिसेफका बाल संरषण अधिकृत शिवशंकर डंगोल, अनिता दाहाल, डानी लोहार, रुपा जोशी, विमला मानन्धर, मदन जोशी, नगरपालिका सामुदायिक विकास शाखा प्रमुख मिना भण्डारीले सहजीकरण गरेका थिए ।

कमेन्टहरु
Loading...