चिसो मौसममा ‘नेपथ्य’ तात्यो (फोटो फिचर सहित)

सागर राज तिमिल्सिना
पोखरा, ९ पुस /नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले मंगलबार दिउँसो लेखनाथ नगरपालिकाको गगनगौंडास्थित मन्दिपमिलन चलचित्र घरमा करिब दुई घण्टा हलमा पुगेका एकहजार बढि दर्शकलाई नचाए । तीनबजे सुरु भएको उनको गायन करिब ५ बजेसम्म चलिरह्यो ।
नेपालयको आयोजनामा ‘शान्तिको लागि शिक्षा’ भन्दै सुरु भएको ‘संगित यात्रा २०७०’ अभियान अन्तर्गत गुरुङले मंगलबार लेखनाथमा गाएका थिए । उनले दर्शकलाई गित गाउँदै नाच्दै आफुसँगै जोस्साएका थिए ।

Nepatjya sangityatra picture lekhanath  (2)दुइघण्टा अवधिमा उनले अभाव अभावै भयो, छेक्यो छेक्यो देउराली डाँडा, खान्न म त लाम्पाते सुरुती, चरी म¥यो शिशाको गोलिले, मै मरी जाउँला जिवन छोटो छ, जीवन हो घामछाँया, गाउँगाउँबाट उठ बस्ती बस्तीबाट उठ लगायत रातो र चन्द्रसुर्यमा पुगेर सांगितिक यात्रा टुंगाएका थिए । उनले करिब डेढ दर्जन गित गाएका थिए । झापाबाट सुरु भएको नेपालयको यो सांगितिक यात्रको मंगलबार दशौं संस्करण थियो । झापादेखिको सुरु भएको यात्रा निकै चिसो ठाउँ छल्दै लेखनाथसम्म आईपुथ्दा पहिलो पटक गर्मिको महसुस भएको गुरुङको भनाई थियो ।

लेखनाथको जनप्रकाश उच्चमाविको पुस्तकालय ‘अपग्रेड’ गर्नेगरि यो कार्यक्रम गरिएको थियो । शैक्षिक क्षेत्रका लागि गाउन पाउँदा गुरुङ निकै खुशि थिए । त्यसैले शैक्षिक क्षेत्रमा कहिल्यै राजनीति नगरिदिन उनको राजनीतिक दलसँग अनुरोध थियो ।कार्यक्रमको स्थानीय आयोजक जनप्रकाश उच्चमाविका क्याम्पस प्रमुख ऋषि बुढाथोकीले संकलित सबै रकम विद्यालयको पुस्तकालको ‘अपग्रेड’ मा खर्चने बताए । ‘हामीले मात्र ७ सय टिकट बेच्यौ । यसबाट भएको आम्दानीबाट खर्च कटाएर बाँकी रकम पुस्तकालयका लागि खर्चने हो । आर्थिक श्रोत जुटाउनकै लागि यो कार्यक्रम आयोजना गरेका हौ’ बुढाथोकीले भने, ‘शैक्षिक क्षेत्रको लागि यस्ता कार्यक्रम निकै प्रभावकारि हुने ठानेका छौ ।’Nepatjya sangityatra picture lekhanath  (1) Nepatjya sangityatra picture lekhanath  (3)

कमेन्टहरु
Loading...