चितुवाको छाला सहित तीन जान पक्राउ

पोखरा, ३० पुस /केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङको संयुक्त प्रहरी टोलिले अवैध चितुवाको छाला सहित ३ जनालाई पक्राउ गरेको छ । वेशीसहर स्थित एक होटलबाट ३ जनालाई पक्राउ गरेको हो ।

शुत्रबार लमजुङको बेसीशहर ८ स्थित घंलेगाँउ होटलको कोठा नम्बर ११० मा बसेका तिन जना व्यक्तिहरुले अवैध चितुवाको छाला लुकाई छिपाई राखेका छन् भन्ने विषेश सूचनाको आधारमा केन्द्रिय प्रहरी अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङको संयुक्त प्रहरी टोलीले कोठा खानतलासी गर्दा सोही कोठाको दराज भित्र कालो झोलामा राखेको अवस्थापा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

चितुवाको दाह्रा सहितको १ थान फेला परको छ । प्रहरीले लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका ५ बस्ने वर्ष २७ का बिनोद तामाङ, राजेश अधिकारी र सोही नगरपालिका वडा नम्बर ६ बस्ने कमल तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उक्त घटनाका सम्बन्धमा लमजुङ प्रहरीले जिल्ला वन कार्यालय लमजुङसंग समन्वय गरी थप अनुसनधान भई रहको प्रदेश नम्बर ४ प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...