सुमन ढुङगाना
सवारी साधनको सबै भन्दा छिटो र धेरैलाई एक ठाउँबाट अर्को ठाउँमामा लैजाने माध्येम भने कै रेल सेवा हो । तर नेपालमा रेल सेवा नाम मात्रैका छ । यसको सेवा सिमित मात्रै छ । नेपालका छिमेकी देशहरु भातर र चाइनाले रेलबाट नै देशको विकासमा लागेका छन् ।
नेपालको रेल इतिहास
नेपालमा रेल छकि छैन भनेर प्रश्न सोधियो भने, छ भन्नु पर्छ ।किन भने जनकपुरमा रेल छ । तर रेल छ मात्र,कुद्दैन । २ बर्ष अघि सम्म यो रेल हिड्थियो मात्र, कुद्थेन । सबैभन्दा बढी प्रतिघण्टा १० किलोमिटर गतिमा हिड्थियो । अर्थात् साइकल भन्दा पनि ढिलो । देशको रेल कथा यही हो । नेपाली रेलको नाममा भएको थोत्रो छुकछुके चड्ने तपाइँको चाहना अब पुरा हुदैन । जनकपुर देखि भारतको जयनगर सम्म ३३ किलोमिटर चल्ने हाम्रो छुकछुके बन्द छ अहिले । डिब्बा मिल्किएको छ र लिकको अवस्था पनि अत्यन्तै नाजुक छ ।
सैयौ यात्रुहरु र समानको थुप्रो बोकेर २ बर्ष अघिसम्म यो छुकछुकेले हाम्रो रेल इतिहासको अवशेषको रुपमा रेल यात्रा टुङ्गिन दिएको थियन । तर बिडम्बना हाम्रो रेल इतिहाँस सुरुभएको भने ८७ बर्ष भैसकेको छ । सन् १९२७ मा नेपालको अमलेखगंज बाट भारतको रक्सौल सम्म रेल लाइन स्थापना गरियको थियो ।८७ बर्ष अघि सुरु भएको थियो हाम्रो रेल कहानी । सन् १९३७मा जनकपुर जयनगर रेल्वे लाइन सुरु गरियो । आज भन्दा ८४ बर्ष पहिला देशको दुइभाग बाट भारत तिर नेपाली रेल चलथियो ।
इस्ट इंडिया कम्पनीको सहयोगमा नेपालबाट भारतमा काठ दाउरा ओसार्न रेल निर्माण भएको थियो । पछि आएर मानिस पनि ओसार्न थाल्यो हाम्रो रेलले । सन् १९६०मा अमलेखगंज रेल लाइन बन्द भयो । जनकपुर रेल लाइन २ बर्ष अघिसम्म चलिरहेको थियो । तर अहिले हाम्रो रेल इतिहाँसको अस्तित्व मेटिएको छ ।अर्थात त्यही छुकछुके पनि बन्द छ अहिले । हाम्रो रेल लाइन सुरु हुँदा भारतमा रेल्वे लाइन विकास क्रम मात्र थियो । तर यो ८७ बर्षमा भारतको रेल्वे लाइन १ लाख १४ हजारे ५०० किलो मिटर नाघीसकेको छ । तर हाम्रो भएको ३३ किलोमिटर रेल्वे लाइन भने रोकिएको छ । संसारको चौथो ठुलो रेल्वे नेटवर्क बन्यो भारत तर हाम्रो छुकछुके बन्द छ । संगै जोडिएको अर्को छिमेकी देश चीनले संसारको सबै भन्दा अग्लो स्थानमा ५ हजार ७२ मिटरमा तिब्बत रेल लाइन बनाएको छ ।
चीनमा पनि रेलको तिब्र बिकाश भयो यो ८७ बर्षमा । भारत र चिन जस्तो ठुलो देशसंग हाम्रो रेल लाइनलाइ दाज्न खोजिएको हैन । तर रेल इतिहाँसको ८७ बर्षमा रेल लाइन बिकासमा हामि कति पछि पर्यौ भनेर भारत र चीनले रेल लाइनमा गरेको विकासबाट प्रष्ट हुन्छ । सन् १९२७मा हाम्रो रेल इथिहांस सुरुभयो र ८७ बर्षपछी त्यो इतिहाँस मेटिदै छ । यो बिचमा बिस्वमा ५०० किलोमिटर प्रति घण्टा सम्म चल्ने रेल बनिसकेका छन् । हाम्रो जस्तै पाहाडी देश स्विजरल्याण्डमा ५००० किलोमिटर भन्दा बढी दुरीमा रेल चल्छ । र ३५४५ मिटरमा पनि चल्छ रेल त्याहा । स्विजरल्यान्डको पहाडमा कुदिरहेको दृश्य हो यो जसले हाम्रो भौगोलिक बनावटको कारण रेल यात्रा सम्भब छैन भन्नेहरुलाइ गतिलो झापड दिन्छ । सन् १९२७ देखि सुरु भएको नेपाली रेल्वे ८७ बर्ष पछि बन्द हुनुको कारण के हो । के सधै रेल हाम्रो सपनाको साधन मात्र हो । कहिले सम्म कागजमा मात्र कुदीरहने छ नेपाली रेल ।
छिटो गर ?
जनकपुर जयनगर रेल सेवा वन्द हुदा अहिले जनकपुर क्षेत्रको ब्यापार ब्यावसायमा निकै ठुलो प्रभाव परेको छ । रेल वन्द भएपछि स्थानिय उद्योग ब्यावसायिको दवाव तथा दुइदेशिय पहलमा भारतको जठिपिर्पनमा कस्टमको ब्यवस्था गरेपछि केहि सहज भएको थियो यद्यपी मधेश आन्दोलनले त्यो पनि प्रभावित वन्यो र त्यस क्षेत्रको अहिलेको अवस्था ब्यपाारिक दृष्टिकोणले अस्तब्यवस्त जस्तै छ रेलको अभावमा । स्थापनाको शतक आसपास पुगेको नेपाली रेलसेवाको यो हविगत दुनियामै नमुना हुन सक्छ ।
स्थापना पछि त्यसको थप विकास विस्तार हुनुपर्ने तर विडम्वना यहाँ उल्टो हुन पुग्यो । थप विकास त परै जावस हुदा हुदैको सेवा वन्द भएको छ । जनकपुर आफैमा धार्मिक पुण्य भुमि हो । यसै सँग जोडिएको रेल सेवा वन्दा हुदा यहाँ को धार्मिक पर्यटनमा समेत प्रभाव परेको छ । हुन त अहिले त्यहि लाइनलाइ स्तरोन्नती गर्दै वर्दिवास सम्म जयनगरव वाट ७० रेल वे निर्माण शुरु भएको छ । शुरु हुनु त राम्रो तर निर्माण गति १० किलोमिटर प्रतिघण्टा गुडने त्यहि रेलको गति भन्दा पनि धिमा छ । सन २०१८ मा सम्पन्न गर्ने भनिएपनि निर्माणको यो गतिले त्यो लक्ष्य पुरा हुन सक्दैन । त्यहि पुरानो र सुस्त गतिको रेल पनि वन्द छ एकातिर भने अर्कोतर्फ स्तरोन्नति तथा निर्माण कार्यमा भैरहेको ढिला सुस्तिले स्थानिय यति निराश छन कि,आवश्यकता त कति थियो कति तर आउला नआउला भन्ने मै आशंका पैदा हुदैछ ।
यो विडम्वनाको कुरा हो । स्थानिय जान्ने सुन्नेहरु भन्छन रेल विस्तार गर्ने कुरामा सरकार कहिल्यै जिम्मेवार भएन । छैन भन्नु भन्दा भएकोलाइ विस्तार गर्न पहल हुनुपथ्र्यो तर रेलसन्जालले मुलुक ढाक्ने कुरा केवल कुरै कुरामा सिमित भए यस्लाइ केहि हदसम्म विस्तार गर्न पहल राज्यले नगर्दा रेल सपना समय सापेक्ष हुन सकेन । रेल सपना मुर्झाउदै गरेको वेला जनकपुर–जयनगर रेलको स्तरोन्नतिसँगै बर्दिवाससम्म निर्माण कार्य भैरहेको भन्ने कुराले स्थानियलाइ केहि राहत दिन्छ तर सुस्त निर्माणको धिमा गतिले रफतार लिने छनक देखिदैन ।
आयोजना सँग संवन्धित ब्यक्तिहरु निर्माण कार्य चुस्त गतिमा भनेर दावि गरेपछि ब्यवहारमा त्यो देखिएको छैन । हुन त दुइ शक्तिसाली छिमेकीसँग रेल सन्जाल विस्तार वारे पटक पटक छलफल भएका देखिन्छन तर मृर्तता नदेखिदा सम्म हाम्रो रेल इतिहाँस वोकेको त्यहि १० को गतिको रेल हो । यहि सेवा पनि वन्द हुदा इतिहाँस मेटिएजस्तै अनुभुत गरिरहेका छन नागारिकहरु । स्तरोन्नतमिा रहेको सो रेल वे निर्माणमा खेलवार्ड नहोस भने छिमेकिसँगको सहकार्यमा विस्तार गर्ने भनिएका योजनाहरु लाइ गति दिन पनि सरकार अरु वढी सक्रिय वनोस ।।
रेल कहिलेसम्म ?
निवर्तमान प्रधानमन्त्री केपी ओली काठमाडौंमा मेट्रो र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेल कुदाउने योजना सुनाए । दशक अघि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आफ्नो प्रत्यक्ष शासनकालका बेला मेची–महाकाली विद्युतीय रेलको सपना बाँडेका थिए । तर, नेपालको रेल सपना नेताहरुको भाषणभन्दा माथि उठ्न सकेको छैन् ।
सिगात्सेसम्म रेलसेवा पु¥याएको चीनले सन् २०२० सम्ममा तिब्बत–नेपाल सीमाको केरुङसम्म विस्तार गर्ने र केरुङबाट २५ किमिको दूरीमा रहेको नेपाली सीमा रसुवागढीसम्म चिनियाँ रेल ल्याइदिने आश्वासन छ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले चैतमा गरेको चीन भ्रमणका बेला ‘चीनको रेल नेपाली सीमासम्म ल्याउने, नेपालभित्र रेल सञ्जाल विस्तार गर्ने र काठमाडौं–पोखरा–लुम्बिनी रेलवे परियोजनाका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइदिन चीनसमक्ष नेपालको आग्रह’ भन्ने वाक्यांशमै सीमित रह्यो ।
पछिल्लो वर्षमा चिनियाँ रेल काठमाडौं ल्याउने चर्चाले गति पाइरहेका बेला फागुनमा भारतले उत्तर प्रदेशको बरहनीबाट कपिलवस्तुको कृष्णनगर हुँदै काठमाडौंसम्मको ३ सय ५९ किलोमिटर रेल कुदाउने योजना ल्यायो । नेपालसँग कुनै छलफल नै नगरी भारतले एकपक्षीय रुपमा गरेको त्यो घोषणा पत्याउने आधार छैन् । तर, भारतको सहयोगमा ‘क्रस बोर्डर रेल्वे कनेक्टिभिटी’को अवधारणामा जोगवनी–विराटनगर (१३ किमि) र जयनगर–विजलपुरा–बर्दिबास (७० किमि)मा काम भइरहेको छ । १÷२ वर्षमा जयनगरबाट जनकपुर रेल कुद्ने दावी गर्न भने छोडिएको छैन ।
चर्चा धेरै भए पनि काठमाडौंको मेट्रो रेलसम्बन्धी अध्ययन प्रतिवेदन लगानी बोर्डको दराजमा थन्किएको वर्षौं भइसकेको छ । चार वर्ष अगाडि कोरियाको एक कम्पनीले काठमाडौं उपत्यकाको तीन जिल्लामा मेट्रो सञ्चालको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त अध्ययनले ७७ किमि मेट्रो रेलको सम्भावना प्रस्ताव गरेको छ । त्यसमा २५ किमि भूमिगत र ५२ किमि आकाशे छ । चार वर्ष अगाडिको अध्ययनले मेट्रोका लागि साढे ५ खर्बको लागत अनुमान गरेको छ ।
रेल कुदाउने प्रस्तावित विभिन्न योजना मध्येको काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग पनि हो । सरकार आफैंले काठमाडौं–पोखरा (१८७ किमि) र त्यसलाई पूर्व–पश्चिम रेलसँग जोड्ने भरतपुर–आँबुखैरेनी (७३ किमि) को सन् २०१० मा सम्भाव्यता अध्ययन गराएको छ । मेची–महाकाली रेलको सम्भाव्यता अध्ययनसँगै भारतीय राइट्स कम्पनीले यसको पनि अध्ययन गरेको थियो । पछिल्लो समय एक चिनियाँ कम्पनीले पनि यसमा चासो देखाएर आफ्नै खर्चमा पहिलो चरणमा काठमाडौं–पोखराको सम्भाव्यता अध्ययन गरिसकेको छ ।
रेल्वेको एसियन नेटवर्कमा जोडिने युनिस्केपको अवधारणामा नेपालले २०६३ सालमा हस्ताक्षर गरेपछि मेची–महाकाली विद्युतीय रेलको चर्चाले गति पायो । एसियादेखि युरोप जोड्ने उक्त अवधारणाको १ लाख किलोमिटरको करिब १ हजार किलोमिटर नेपालमा पर्छ । सरकारले त्यसका लागि मेची–महाकाली रेलमार्गको प्रस्ताव गरेको हो । रेलतर्फ काम गर्न ०६५ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय मातहत विद्युतीय रेल आयोजनाको स्थापना र पछि ०६८ असार १ मा विभाग बनाइयो ।
तराईमा रेल कुदाउन सम्पूर्ण संरचना निर्माणका लागि प्रतिकिलोमिटर ५० देखि ७५ करोड खर्च लाग्ने अनुमान छ । पहाडी क्षेत्रमा त्यही बजेट कैयौं गुणाले बढ्छ । निर्माणमा ठूलो लगानी लाग्ने भएकाले विदेशी दाताहरुले खासै चासो देखाएका छैनन् । सरकारले आफ्नै स्तरबाट प्रत्येक वर्ष केही बजेट छुट्याउँदै आए पनि उक्त रकम ठूलो लगानी लाग्ने योजनाका लागि अत्यन्तै न्युन हो । तीन वर्षयता विभागले २ अर्ब हाराहारीमा बजेट पाउँदै आएको छ । जसको ठूलो हिस्सा निर्माणभन्दा साधारण खर्चतर्फ हुन्छ ।