नेपाल प्रहरीका ३६ एसपीहरुको सरुवा, कास्कीमा एसपी कार्की जाने, श्रेष्ठ आउने

पोखरा, २ जेठ/ कास्कीका प्रहरी प्रमुखको रुपमा कार्यरत एसपी दानबहादुर कार्कीको सरुवा भएको छ । कार्कीको प्रहरी प्रधान कार्यालय, विशेष ब्यूरो नक्शाल काठमाण्डौमा सरुवा भएको हो ।

कास्कीको नयाँ प्रमुखको रुपमा एसपी जिवन कुमार श्रेष्ठ आउने भएका छन् । उनी अहिले प्रदेश नम्बर ५ प्रहरी कार्यालय दाङमा कार्यरत छन् । श्रेष्ठले हालै महानगरीय ट्राफिक महाशाखाका प्रवक्ताका रुपमा काम गरिसकेका थिए ।

नेपाल प्रहरीका ३६ जना एसपीको सरुवा भएको छ । सोमबार प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले असार महिनाको तलब भत्ता खानेगरि एसपीको सरुवा गरेका हुन् । सरुवामा १५ जिल्लाका इन्चार्ज फेरिएका छन् । विगतमा पटक पटक कारबाहीमा परेका एसपीहरुले पनि फेरि महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका छन् ।

कास्कीमा जिवन कुमार श्रेष्ठका साथै गोरखामा सुरेन्द्रबहादुर गुरुङ, तनहुँमा अरुण पौडेल, पाल्पामा दिपकराज खरेल, मोरङमा सन्तोष खड्का, बाँकेमा ओमबहादुर राना, इलाममा नवीनकुमार राई, भक्तपुरमा तारादेवी थापा, सिराहामा उमाशंकर पञ्जियार, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, महोत्तरीमा टिकाबहादुर केसी, कपिलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिम प्रसाद दाहाल, सुर्खेतमा राजेन्द्र प्रसाद भट्टको सरुवा भएको छ । एक वर्ष कार्यकाल पूरा गरेका एसपीहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

कमेन्टहरु
Loading...