६० इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस, पोखराका तीन जना

पोखरा, ५ जेठ / प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । त्यस मध्ये तीन जना कास्कीमा कार्यरत प्रहरी निरीक्षक रहेका छन् ।

जनपद प्रहरी समूह तर्फका इन्सपेक्टरलाई सोही समूह तर्फको डीएसपीमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

बढुवाको पहिलो नम्बरमा सुर्खेत स्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली परेका छन् ।

यसैगरी इलाका प्रहरी कार्यालय चापाकोट स्याङजाका केदार राज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका जयराम कुईंकेल क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन् ।

त्यसै गरी कास्कीमा कार्यरत तीन जना इन्सपेक्टर डीएसपीमा बढुवा सिफारीसमा परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण गुल्म नम्रब ३ पोखरा कास्कीमा कार्यरत रमेश प्रसाद श्रेष्ठ, संघीय प्रहरी इकाइ कार्यालय पोखरा, कास्की ट्राफिक व्यवस्थापन शाखामा कार्यरत राजेन्द्र प्रसाद रेग्मी र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत रेशमलाल रेग्मी रहेका छन् ।

कमेन्टहरु
Loading...