चितवनमा कोरोनाका कारण एक पुरूषको मृत्यु

चितवन, २७ जेठ/ चितवनको भरतपुर अस्पतालमा कोरोनाको उपचार गराइरहेका एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु भएका व्यक्ती भरतपुर नगरपालिका ११ का ६८ वर्षका पुरूष भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार उनको शुक्रबारदेखि नारायणी सामुदायिक अस्पतालको आइसियूमा उपचार भइरहेको थियो ।

कोरोनाको संक्रमण पुष्टि भएपछि सोमबार साँझ ७ बजे भरतपुर अस्पताल ल्याएर कोभिड आइसियूमा राखेर उपचार गरिदैं आइएकोमा मंगलबार बिहान मृत्यु भएको अस्पतालको भनाइ छ ।

उनलाई पहिलादेखि नै सुगर तथा प्रेसरको समस्या रहेको अस्पतालले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको सख्या १५ पुगेको छ ।

कमेन्टहरु
Loading...