थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ५ जेठ / नेपालका विभिन्न ठाउँमा सोमबार मात्रै थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा ४७ जना, अन्य ठाउँमा १३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

बाँकेमा भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ जना पुगेको छ भने २ जनाको निधन भएको छ ।

कमेन्टहरु
Loading...