नेपाल दक्षिण एसिया कै तेस्रो खुसी राष्ट्र

एजेन्सी/नेपाल दक्षिण एसियाकै तेस्रो खुसी राष्ट्रमा पर्न सफल भएको छ । संयुक्त राष्ट्रसंघसँग आबद्ध ग्लोबल साइन्टिफिक स्टडिज संस्थाले सार्वजनिक गरेको ‘सन् २०१७ को वल्र्ड ह्याप्पिनेस’ प्रतिवेदनमा नेपालले ४ दशमलव ९६ अंक प्राप्त गरेको छ ।

विश्वको खुसी राष्ट्रका सूचीमा नेपाल ९९ औँ सूचीमा छ । गत वर्ष भने नेपाल विश्वको १०७ औँ खुसी राष्ट्रमा थियो । यस वर्ष नेपालले आठ स्थान सुधार गरेको छ ।

नर्वे संसारकै खुसी राष्ट्र पर्न सफल भएको छ । वल्र्ड ह्याप्पिनेस संस्थाको प्रतिवेदनमा युरोपेली राष्ट्र नर्वे संसारको सबैभन्दा खुसी राष्ट्रको सूचीमा परेको हो । गत वर्ष डेनमार्क पहिलो स्थानमा रहँदा नर्वे चौथो स्थानमा थियो । डेनमार्क यस वर्ष दोस्रो स्थानमा झरेको छ । सबैभन्दा दुःखी राष्ट्रमा हैटी परेको छ ।

कमेन्टहरु
Loading...