नेपाल चिकित्सक संघको चुनाब पोखरामा सम्पन्न

पोखरा, १८ भदौ /नेपाल चिकित्सक संघको केन्द्रिय पदाधिकारीको लागि भएको चुनाव उपत्यका बाहिर सम्पन्न भएको छ । काठमाडौ उपत्यका बाहेक नेपाल अधिराज्य भरका सबै ठाउँमा चुनाव सम्पन्न भएको छ ।

पोखरामा चिकित्सक संघका १ सय ८० मतदाता रहेकोमा १ सय ५९ मत खसेको नेपाल चिकित्सक संघ केन्द्रियका उमेद्वार डाक्टर यज्ञराज सिग्देलले जानकारी दिए । काठमाडौ बाहेकका केन्द्रमा भदौ १७ र १८ गते मतदान भएको हो भने काठमाडौमा २१ देखि २५ गते सम्म मतदान हुने उनले बताए ।

केन्द्रिय सदस्यका लागि देशभरबाट १२ जनाले उमेद्वारी दिएका थिए भने ६ जना चुनिने छन् । अध्यक्ष सहित १३ जना निर्वाचीत गर्ने उनले बताए । पोखराको चुनाव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सम्पन्न भए हो । नेपाली काग्रेस निकट र एमाले निकट डाक्टरहरु प्यानल बनाएर चुनावमा उत्रिएका छन् ।

नेपालमा मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका चिकित्सकको संख्या १७ हजार कटेको छ । तर चिकित्सक संघमा ५ हजार ३ सयमात्र मतदाता छन् । कांग्रेस प्यानलबाट अध्यक्षमा डा। मुक्तिराम श्रेष्ठ छन् भने वामपन्थी समावेशी प्यानलबाट अध्यक्षमा डा। रमेश ढकाल खडा भएका छन् ।

कमेन्टहरु
Loading...