शनिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

पोखरा, १० जेठ / शनिबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको सख्या ५ सय ८४ पुगेको छ ।

शनिबार चार बजे सम्म ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

नेपालमा ७० जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...