झापामा थप १० जनामा कोरोना, संक्रमितको सख्या ४४४ पुग्यो

पोखरा, ८ जेठ/ झापामा थप १० जनामा कोरोना संक्रमण देखीपछि नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ ।

झापाको कचनाकवल गाउँपालिकामा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए ।

कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

झापामा बुधबार साझँ थप ५ जना र अहिले बिहान १० जनामा १५ जनामा संक्रण देखिएको छ । त्यसै गरि हिजो साझँ नै धनकुटा र सुनसरी जिल्लामा थप एक एक जनामा कोरोना संक्रमित फेला परेका थिए ।

कमेन्टहरु
Loading...