थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना परीक्षण फोटो: सन्जोग तिमिल्सिना, पोखरा
0

पोखरा, ५ असार / नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना संक्रमण देखिए सँगै नेपालमा कोरोना संक्रमितको सख्या ८ हजार २ सय ७४ जना पुगेको छ ।

हालसम्म १४ सय २ जना कोरोना संक्रमण निको भई घर फर्किएका छन् भने २० जनाको मुत्यु भएको छ ।

शुक्रबार गुल्मीमा ९४ जना, बैतडीमा ६८ जना, कैलालीमा ४९ जना, बागलुङमा ३२ जना, सिन्धुपाल्चोकमा २१ जना, कञ्चनपुरमा २० जना, तनहुँमा १९ जना, डोटीमा १५ जना, गोरखा र सर्लाहीमा ११/११ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यसै गरी डडेल्धुरामा ९ जना, कास्की, अछाम, मकवानपुर र बाजुरा ८/८ जना, अर्घाखाँचीमा ६ जना, पर्वतमा ५ जना, नवलपुर, कपिलवस्तु र सर्लाहीमा ४/४ जना, मोरङ, काठमाडौं, स्याङ्जा र बझाङमा ३/३ जना, उदयपुर र रुपन्देहीमा २/२ जना, झापा, सिन्धुली, चितवन, धादिङ र नवलपरासी पश्चिममा १/१ जना संक्रमित भेटिएको उनले जानकारी दिए ।

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।

रिप्लाई दिनुहोस्

कमेन्ट गर्न इमेल आवश्यक छ तर सार्वजनिक गरिने छैन ।