थप ७२ जनामा कोरोना, संक्रमित ६७५ पुगे

पोखरा, १२ जेठ / सोमबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना, सप्तरीमा २ जना र बर्दियामा १ जनामा कोरोना संक्रमित थपिएका मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

नेपालमा अहिले सम्म ८७ जना निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...