नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिए

कोरोना भाइरस कोभिड–१९
0 249

पोखरा, २२ चैत / कैलाली र कञ्चनपुरमा तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये एक जना स्थानीय हुन् । दुई जना भारतबाट आएका हुन् ।

नयाँ कोरोना देखीएकामा धनगढीको पहिलो देखीएकीकी भाउजु हुन् । त्यसै गरी कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् ।

उनी क्वारेन्टाइनमा थिए । नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ ।

उनी पनि क्वारेन्टाइनमा छन् । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...