नेपालमा छैटौं व्यक्तिमा कोरोना संक्रमित

पोखरा, २० चैत/ नेपालमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयको नियमित गर्दै आएको पत्रकार सम्मेलनमा नेपालमा छैटौं व्यक्तिमा कोरोना भाइरस भेटिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएका व्यक्तिमा भाइर देखीको डा. देवकोटाले जानकारी दिए ।

ती व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्ने बारेमा भने मन्त्रालयले उनले जानकारी दिएनन् ।
पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भइसकेका छन् ।

दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन् ।

तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

कमेन्टहरु
Loading...