थप ७७ जनामा कोरोना संक्रमण पुष्टि, ६८२ पुग्यो, थप १ जनाको मृत्यु

कोरोना भाइरस कोभिड–१९
0

पोखरा, १२ जेठ / सोमबार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८२ पुगेको छ ।

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा तथा पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा डा देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।

योसँगै नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोकका एक, बाँकेका १ र गुल्मीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । नेपालमा १ सय १२ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...