मोदी भ्रमणमा ओलीले राष्ट्रघात गरेको भन्दै विप्लबले नेपाल बन्दको घोषणा

पोखरा, २९ वैशाख /विप्लव नेतृत्वको नेकपाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा केपी ओली सरकारले राष्ट्रघात गरेको आरोप लगाउँदै आइतबार नेपाल बन्दको घोषणा गरेको छ ।

विप्लवले शनिबार एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणका क्रममा ओली सरकारले गरेको राष्ट्रघात र नेपाली जनताको स्वाभिमानमा पारेको चोटको प्रतिरोधको गर्नु पर्ने भन्दै बन्दको घोषणा गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘केपीको लम्पसारवादी सरकार र भारतीय साम्राज्यवादी सरकारका बीचमा भएको राष्ट्रघाती सन्धि, सम्झौता, मोदीको नेपाल भ्रमणका क्रममा नेपाली जनतामाथि गरिएको दमनको प्रतिरोध नेपाल बन्दका रुपमा गरिएको छ ।’

विप्लवले मोदीको नेपाल भ्रमण, उक्त भ्रमणका क्रममा केपी र मोदीले संयुक्त रुपमा गरेको राष्ट्रघाती अरुण–३ को शिलन्यास, मोदीको सिधै जनकपुर आगमन र त्यहाँ गरिएको नागरिक अभिनन्दन, संवेदनशील र रणनैतिक महत्वको मुस्ताङ भ्रमण, मोदीको भ्रमणको सुरक्षाका नाममा भारतीय सेनाको नेपाल प्रवेश, हतियार र अत्याधुनिक सैन्य हेलिकप्टर, जहाजको अवतरण, नेपाली सुरक्षा शक्तिलाई मनोवैज्ञानिक रुपमा पार्न खोजिएको हिनताबोधले पुनः नयाँ आयाममा भएको राष्ट्रघात पटाक्षेप भएको दाबी गरेका छन् ।

मोदी भ्रमणमा ओलीले राष्ट्रघात गरेको भन्दै विप्लबले नेपाल बन्दको घोषणा
मोदी भ्रमणमा ओलीले राष्ट्रघात गरेको भन्दै विप्लबले नेपाल बन्दको घोषणा
कमेन्टहरु
Loading...