जहाजको इन्जिन स्टार्ट नभएपछि ……….

पोखरा, ५ फागुन/नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँँ दिल्लीका लागि उडान भर्न तयार थियो ।
जहाजमा १ सय २२ जना यात्रु सिट बेल्ट बाँधेर बसेका थिए । ककपिट भित्र रहेका कमान्डर युवराजकुमार भट्टराई र को-पाइलट नरबहादुर विश्वकर्म जहाज उडाउन तयारी अवस्थामा बसेका थिए । जब दुई पाइलटले जहाजको इन्जिन स्टार्ट गर्न खोजे भएन ।

‘के भयो रु’ क्षणभरमै थाहा भयो -जहाजको बायाँ इन्जिन स्टार्ट भएपनि दायाँ इन्जिन स्टार्ट भएको थिएन । आजको नागरिक दैनिकमा खबर छ ।
चालकदलले फेरी प्रयास गरे, बायाँ इन्जिनले काम गरेन । उनीहरुले आधा घन्टासन्म भरमजदुर प्रयास गरे तर केही सीप लागने ।

कमेन्टहरु
Loading...