ने.वि.संघको संगठन विस्तार जारी

पोखरा, ३१ जेठ/नेपाल विद्यार्थी संघले पछिल्लो समय आफ्नो संगठन विस्तार लाई विशेष ध्यान दिएकोृ छ । त्यसै क्रममा शुक्रवार कास्की क्षेत्र नं १ लेखनाथमा रहेको लक्ष्मी आर्दश उच्च मा.वि.मा संगठन विस्तार गरेको छ ।

जसमा सभापती सुमन भट्टराई उपाध्यक्ष नारायण पाण्डे र आशिष लामा सचिव सविता प्रधान सहसचिव आकाश गौतम कोषाध्यक्ष सञ्जिता वि.क. त्यसैगरी सदस्यहरुमा निर्मला गुरुङ्ग,मेनुका पौडेल,लक्षमी थापा,विपना गुरुङ्ग,विशवास सुनार,इमान वि.क.,रोशन गुरुङ्ग लगायतको समिती चयन भएको छ ।
विद्याथीृ नेता बिष्णु पौडेलको सभापतीत्वमा सम्पन्न सो कार्यक्रमा ने.वि.संघका केन्द्रीय सदस्य गोविन्द लामीछानेले देश बनाउन सवै विद्यार्थी मिलेर जानुपर्ने धारण व्यक्त गरे ।

सोही अवसरमा बोल्दै ने.वि.संघ कास्कीका सभापती देवकृष्ण पराजुलीले ने.वि.संघले अव निजी विद्यालयमा मात्र गुणस्तरीय शिक्षा नभई सरकारी विद्यालयमा पनि गुणस्तरीय शिक्षाको पहुँच पु¥याउन पहल गर्ने बताए ।

कमेन्टहरु
Loading...