पोखरामा प्रथम प्रशंसनीय खोजपद्धतिको राष्ट्रिय सम्मेलन सुरु

सागर राज तिमिल्सिना
पोखरा, २४ पुस/पोखरामा प्रशंसनीय खोज पद्धतिको प्रथम राष्ट्रिय सम्मेलन बुधवारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले सम्मेलनले समाजलाई सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । पौडेलले कसैको प्रशंसाबाट सकरात्मक सोचको विकास गर्न सकियो भने हरेक क्षेत्रको विकासमा सहयोग हुने बताए ।

apprasation pokhara samalanअहिले हाम्रा सामु तमाम समस्या छन् तिनको समाधान पनि प्रशंसनीय खोजको माध्यमबाट नै गर्न सकिने बताउदै पौडेलले मानिसमा सकारात्मक सोच मात्र भएर नहुने भन्दै सोचलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताए । परिकल्पना नेपालका अध्यक्ष रामचन्द्र लामिछानेले विभिन्न समयमा भएका परिवर्तनहरुले देश जनताले अपेक्षा गरे अनुसारको उपलब्धि हासिल गर्न नसकेको भन्दै सकरात्मक सोच अभावमा नतिजा अपेक्षा अनुसारको नभएको दावि गरे ।

लामिछानेले सम्मेलन मार्फत विश्वका विभिन्न कुनामा भएका सकारात्मक पÔको अध्ययन, अनुसन्धान र प्रयोगको अनुभव र ज्ञानलाई आदान(प्रदान गरी सकारात्मक परिवर्तनको लहर सिर्जना गर्ने बताए । परिकल्पना नेपालको आयोजनामा सुरु भएको सम्मेलनमा देश विदेशका गरी एक सय जना सहभागी रहेको सम्मेलनका संयोजक राधाकृष्ण लामिछानेले जानकारी दिए । सम्मेलन ३ दिनसम्म सन्चालन हुने छ ।

कमेन्टहरु
Loading...