नास्टद्धारा हाजिर जवाफ, वक्तित्वला तथा विज्ञान प्रदर्शनी

पोखरा, ३० मङ्सिर। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपाल (नास्ट)को आयोजनामा हेमजामा विज्ञान प्रदर्शनी हाजिरी जवाफ प्रतियोतिा तथा वक्तित्वकला प्रतियोगिता आईतबार सम्पन्न भएको छ ।     गौरीशंकर उच्च मावि र हेमजा स्रोत केन्द्रको व्यवस्थापन भएको उक्त प्रतियोगितामा हेमजा स्रोत केन्द्रमा आवद्ध विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा विज्ञान प्रदर्शनीमा धवलागिरि वोर्डिड्ड स्कुल प्रथम, हेमजा वोर्डिङ स्कुल द्धितीय र भुमेश्वर मावि तृतीय भएका थिए । हाजिरी जवाफ प्रतियोगिता तर्फ धवलागिरि वोर्डिड्ड स्कुल प्रथम, हेमजा वोर्डिङ स्कूल द्धितीय र वराह उच्च मावि तृतीय भएका छन् भने वक्तित्वकला प्रतियोगिता तर्फ विष्णुपादुका माविका सुसनकुमार तामाड्ड प्रथम, स्नोभ्यू वोर्डिड्डका विष्णु श्रेष्ठ द्धितीय, भुमेश्वर माविका अञ्जना विक तृतीय र वराह उच्च माविका सविना क्षेत्री सान्त्वना भएका थिए । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति प्रा.डा.सुरेन्द्रराज काफ्लेले विज्ञान प्रविधिको विकास गर्न सकेमा मात्रै शिक्षाको गुणस्तरमा वृद्धि हुने बताए ।

समय अनुसारकोे विज्ञान प्रविधिमा घुल्ल सकेमा मात्रै शिक्षाको गुणस्तरमा वृद्धि हुनेछ उनले भने– तपाईहरुको माग अनुसार प्रतिष्ठानले नया नया कार्यक्रमम ल्याउन पनि तयार छ ।  उनले ग्रामिण भेगलाई लक्षित गरेर नया नया विज्ञान प्रविधिको वारेमा ज्ञान दिलाउनका लागि सधै तयार रहेको समेत जानकारी दिए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपालका कार्यविधि प्रमुख विकास सिंहले प्रतिष्ठानले अहिले सम्म ७१ जिल्लामा विज्ञान प्रविधि सम्वन्धि तालिमहरु दिईसको वताउदै आगामि दिनमा ७५ वटै जिल्लामा पु¥याउने लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रममा साईन्स टेक्नोलजी एशोशियसन नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्रप्रकाश सुवेदीले प्रतिष्ठानले विज्ञान प्रविधिको वारेमा राम्रो ज्ञान वाडेको बताउदै यसको शाखा विस्तर गर्न आग्रह गरे । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नेपालका वरिष्ठ प्रवर्धन अधिकृत शिशिर कोलाक्षपती, हेमजा स्रोत केन्द्रका स्रोत व्यक्ति कृष्णबहादुर थापा, गौरी शंकर उच्च मावि व्यवस्थापन समितिका सदस्य भिमप्रसाद श्रेष्ठ, अमर उच्च मावि वाग्लुड्डका शिक्षक भिष्म कडेलले बोलेका थिए ।

गौरीशंकर उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल गिरिको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य गमबहादुर कुँवरले स्वागत र सहायक प्राचार्य अमरबहादुर कुवरले कार्यक्रम सञ्चालन गरेका थिए । यसैगरि नास्टले आयोजना गरेको तिन दिने विज्ञान शिक्षक तालिम कार्यशाला आईतबार सम्पन्न भएको छ । गौरीशंकर उच्च मावि र हेमजा स्रोत केन्द्रको व्यवस्थापनमा भएको उक्त तालिमा पश्चिमाञ्चलका ११ जिल्लाका २६ जना शिक्षकको सहभागिता रहेको थियो ।  विज्ञान प्रयोगशालाको अभाव भएका ग्रामिण भेगका विद्यालयहरुलाई स्थानिय स्रोत साधन प्रयोग गरि प्रभावकारी ढंगले शिक्षण विधि अपनाउन सघाउने हेतुले उक्त तालिम दिएको नास्टका वरिष्ठ प्रर्वधन अधिकृति शिशिर कोलाक्षपतीले जानकारी दिए ।
तालिमा प्रयोगात्मक र शिक्षण अभ्यासमा बाट तालिम दिईएको थियो ।

कमेन्टहरु
Loading...